Logo
Logo

कोभिशिल्डको पहिलो मात्रा लगाउनेलाई एस्ट्राजेनेका खोप दिइने


दृष्टि संवाददाता

174.1k
Shares

काठमाडौं । सरकारले साउन २५ गतेदेखि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

यी खोप लगाउन काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ। यस्तै, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ।

महानगरपालिकाको हकमा राधास्वामी आइसोेलेसन सेन्टर, बालाजु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पतालमा पनि खोप लगाउन सकिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्