Logo
Logo

थप ३ हजार २१८ मा कोरोना पुष्टि, १९ जनाको मृत्यु


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार १३२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कुल ८ हजार ८८६ पीसीआर र ४ हजार ७०७ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ७२ हजार २७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३५ हजार ४३२ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्