Logo
Logo

कोरोनाको तेस्रो लहर सुरु हुने लक्षण देखियो : प्रधानमन्त्री


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काभिड–१९ को महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरु हुने लक्षण देखिएको बताए छन् ।

उनले शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाल सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताएका छन् ।

‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका छन्’, प्रधानमन्त्री देउवाले भनेका छन्, ‘सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्र यो महामारीलाई पार लगाउन सकिन्छ ।’

प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कन, स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं, बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं, बेला बेलामा साबुनपानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौँ ।’

उनले कोरोना महामारी नियन्त्रण्का लागि सबैभन्दा प्रभावकारी माध्यम खोप नै भएको बताएका छन् । खोप लगाउन जाँदा सामान्य दूरी कायम गरेर लाइनमा बस्न उनको आग्रह छ ।

उनले सबै भेला हुने कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गरेको छन् । उनले भनेका छन्, ‘सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र, गैर सरकारी संस्थालाई पनि भेला हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र आफ्नो पेशा व्यवसाय तथा अन्य गतिविधि सञ्चालन गर्न आग्रह गर्दछु ।’

सबैको साझा प्रयासले कोरोना महामारी छिट्टै नियन्त्रणमा आउने प्रधानमन्त्री देउावको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्