Logo
Logo

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता


दृष्टि संवाददाता

1.9k
Shares

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरिएको हो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले ट्रफीसहित नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्