Logo
Logo

मौसम पूर्वानुमानः आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

यस्तै आइबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्