Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठक सोमबार दिउँसो तीन बजे बस्ने जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि ११ बजे स्थायी कमिटी बैठक बस्ने उनले बताए ।

भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्