Logo
Logo

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठक आज (आइतबार) बस्दै छ । संसद सचिवालयले बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाका तर्फबाट आजको बैठकमा ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने जनाइएको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने कमार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्