Logo
Logo

सुनको मूल्य एकैदिन प्रति तोला १५०० घट्यो


दृष्टि संवाददाता

1.9k
Shares


काठमाडौं । नेपालमा सुनको एकैदिन १५ सय रुपैयाँ घटेको छ । आइतबार आइतबार सुन र चाँदी दुवैको भाउ घटेको हो । आइतबार सुनको प्रति तोल १ हजार ५०० र चाँदीको भाउ २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, आइतबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्