Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बस्दै


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार बस्ने भएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गरिने र सो प्रस्ताव २७ साउनभित्र सबै मातहतका कमिटीहरूमा सुझावका लागि पठाइनेछ ।

एमालेको विधानअनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरूलाई प्रस्ताव अध्ययनका लागि वितरण गर्नुपर्नेछ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्