Logo
Logo

कोरोनाबाट थप ५५ जनाको मृत्यु, २ हजार ५४८ संक्रमित


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार १३७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कुल ९ हजार ३३ पीसीआर र ३ हजार ३४५ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३५ हजार ४८५ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्