Logo
Logo

बार्सिलोनाबाट बिदाइ हुँदा भक्कानिए मेस्सी


दृष्टि संवाददाता

2.3k
Shares

एजेन्सी । लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलोनाले आयोजना गरेको बिदाइ कार्यक्रममा मेसीले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने समारोहमा मेस्सी भक्कानिए ।

आफ्नो अभिव्यक्ति राख्नुअघि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए । मेस्सीको सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बार्सिलोनाबाट आफूले कसरी बिदा भन्नु पर्छ भन्ने कहिल्यै नसोचेको बताए । उनले भने ‘यो निकै दुखलाग्दो समय हो । मैले यस क्लबमा रहेर निकै सफलता हासिल गरें । तर यो अवस्थामा छोड्नुपर्छ भन्ने सोचेको पनि थिइनँ । मैले क्लबमा नै रहेर करिअर सक्ने अपेक्षा गरेको थिएँ ।’

मेस्सीले आफ्नो बार्सिलोना बस्ने चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए । क्लब र आफ्नो व्यक्तिगत रुपमा सबै प्रयास गरेपनि त्यो सम्भव नभएको मेस्सीले प्रष्ट पारे ।

उनले भने, ‘म, क्लबका अध्यक्ष र व्यवस्थापन सबै आ(आफ्नो स्थानमा प्रष्ट थियौं । हामी सबैले सहमति पनि जनाएका थियौं । तर लिगको नियमका कारण सम्भव हुन सकेन । हामी कसैले पनि यो अवस्था चाहेका थिएनौं ।’

यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो । आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो । मेस्सी सन् २००० देखि बार्सिलोनामा आबद्ध भएका थिए ।

मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन् । मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन् । उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्। उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्।

प्रतिक्रिया दिनुहोस्