Logo
Logo

चिनियाँ राजदूतले भेटिन् गृहमन्त्री


दृष्टि संवाददाता

189
Shares

काठमाडाैं । चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन् ।

भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरेकी थिइन् ।

भेटका क्रममा राजदूत यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको अवगत गराएको जनाइएको छ । साथै यान्छीले कोभिडविरुद्धको लडाइँ र नेपाली नागरिकको जीवन रक्षाका लागि चीनले सकेको सहयोग गर्ने बताइन् ।

यसका साथै गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्