Logo
Logo

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकदेखि मेस्सीको बर्हिगमनसम्म


दृष्टि संवाददाता

315
Shares

हेडलाइन्स् :

१. नेपालमा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु, योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुग्यो, २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३७८ परीक्षणमा २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि , योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १४ हजार ८ सय ७७ पुग्यो, पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुग्यो ।

२. शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको २७ औं दिनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक , कोभिड–१९ को महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानून निर्माण गठबन्धन सरकारको प्राथमिकतामा, शान्ति प्रक्रियामा जोड दिने भनिएपनि एमसीसीबारे मौन, न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने , स्थानीय तहको क्षेत्राधिकारका विषयमा विवादित बुँदा हटाइयो, कालापानी र लिम्पियाधुरामा देखिएको विवाद समाधान गर्ने बुँदा थपियो ।

३. प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्का सदस्य चोलेन्द्र शम्शेर जबराद्वारा संवैधानिक परिषद्मा भएका नियुक्तिविरुद्ध परेको रिटमा लिखित जवाफ पेस, सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगहरूमा संवैधानिक परिषद्ले नियुक्तिका लागि गरेका सिफारिसविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश जबराले परिषद् सदस्यका हैसियतमा जवाफ पेस, संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेशको सम्बन्धमा निवेदकले उठाएका विषय संघीय संसद्ले विचार गर्न सक्ने र आवश्यक निर्णय दिन सक्ने हुँदा संविधानसम्मत जारी भएको अध्यादेशबमोजिमका कार्यलाई गैरसंवैधानिक भयो भनि निवेदकले निवेदनमा लिएको दाबी मनासिव नभएको ठहर ।

४. सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर, विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आइतबार दायर गरिएको रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग, विवादमा विभिन्न चार रिट निवेदन अदालतमा दायर ।

५. लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार, देश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसीले लगेको रिट असम्बन्धित व्यक्ति रिट लिएर आएको भनी दरपीठ, दरपीठ गरिदिएपछि अब साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन बस्ने बाटो खुला ।

६. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले आफूखुशी जिल्ला समिति बनाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आपत्ति, माधव नेपाल समूहद्वारा नेकपा एकताअघि अर्थात २०७५ जेठ २ गतेअघिको कमिटी कायम रहने भन्दै त्यसबाहेकको समिति अवैध हुने तर्क ।

७. प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन, बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको सौन्दर्यमा समेत योगदान गर्न सक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई सम्बन्धित पक्षसँग मिलेर छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन, सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि उर्दी ।

८. नेप्सेमा झिनो अंकको सुधार, ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ निष्काशन गर्ने, चार बैंकले ल्याए सवा नौं अर्ब रुपैयाँ बिदेशी संस्थाबाट ऋण, मेगा बैंक एक्लैले ४ करोड डलर, सेयर बजारमा चार ब्रोकर कम्पनीको मात्र कारोबारमा ३८.८५ प्रतिशत हिस्सा, एक्लैको २ अर्ब माथि, ११ अर्बको सेयर ५५% हाराहारीले मात्र भरेपछि एचआइडीसीएलले समय थप्यो, भदौ ८ गतेसम्म भर्न पाइने ।

९. नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नहुने , फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा, तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक–२०२० सकियो, ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिका पहिलो स्थान बनाउन सफल, ३८ स्वर्णसहित चीन दोस्रो स्थानमा, बार्सिलोनाद्वारा कप्तान तथा फरवार्ड लियोनल मेस्सीको बिदाइ, लियोनेल मेसी आगामी सिजनका लागि पीएसजी जाने निश्चित भएको ईएसपीएनको दावी ।

१०.र, भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की, विमानस्थलमा सुरक्षा बढाइयो, अफगानिस्तानको मुख्य शहर सेवरगान तालीवानीको कब्जामा, भारतमा कोरोनाबाट थप ३९ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु, भारतले कोरोनाविरूद्धको खोप उत्पादन बढाउने, ग्रिसका १ सय ५४ वटा जंगलमा डढेलो, दुई जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्