Logo
Logo

मौसम पूर्वानुमानः चट्याङ्गसहित भारी वर्षाको सम्भावना


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्