Logo
Logo

ज्येष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनिका खोप, तोकियो १४४ खोपकेन्द्र


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । ज्येष्ठ नागरिकलाई आज (सोमबार) देखि कोरोविरुद्धको अस्ट्राजेनिका खोप लगाइने भएको छ ।

खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनिका खोप दिन लागिएको हो ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रमा नै अस्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइनेछ ।

चैतमा अक्सफोर्ड अस्ट्राजेनिकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो ।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई अस्ट्राजेनिका खोप दिने प्राथमिकता राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्