Logo
Logo

एमाले बैठक आजः दशौं महाधिवेशनको तयारी केन्द्रित छलफल हुने


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका हुन् ।

कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय जानकारी दिए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको हो ।

‘वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुन्छ । विधान अधिवेशन पनि तोकिएकाले त्यो निर्णय पनि हुन्छ’, भट्टराईले भने । भदौ अन्तिम साता विधान अधिवेशनको मिति तय गरिएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा दशौं महाधिवेशनको तयारी केन्द्रित निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्