Logo
Logo

आज २७औँ विश्व आदिवासी दिवस मनाइँदै


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । आज २७औँ विश्व आदिवासी दिवस मनाइँदै छ । विश्वभर ‘कसैलाई पछाडि नछाडौंः आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नाराका आज २७औँ विश्व आदिवासी दिवस मनाइँदै छ ।

नेपालमा भने ‘पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नाराका साथ मनाइँदैछ ।

जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ लगायतका संघसंस्थाले शुभकामना आदानप्रदान गर्दै कार्यक्रम मनाउँदै गरेको जानकारी दिए ।

विगतमा सडकमा झाँकी र भव्य कार्यक्रम गर्दै आएको महासंघले कोरोना महामारीका कारण दुई वर्षदेखि भर्चुअल रुपमा कार्यक्रम गर्दैछन् । आज भने भर्चुअल र सामान्य भौतिक रुपमा उपस्थित हुँदै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेका छन् ।

त्यसैगरी, राष्ट्रिय आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पनि यो दिवसको अवसरमा शुभकामना कार्यक्रम गर्दैछ ।

आयोगले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा कान्तिपथस्थित एक होटलमा भव्य समारोह गरेर कार्यक्रम गर्दैछ भने प्रतिष्ठानले पनि चियापान र शुभकामना कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्