Logo
Logo

एमाले स्थायी कमिटीबाट विधान संशोधन प्रस्ताव पारित


दृष्टि संवाददाता

1k
Shares

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । एमाले उपाध्यक्ष बामदेव गौतमले विधान संशोधन प्रस्ताव पारित भएको जानकारी दिए । यो प्रस्ताव आजै बस्ने केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पेश गर्ने गरिनेछ ।

१७ साउनमा बसेको एमाले स्थायी कमिटी बैठकले २७ र २८ भदौमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको नेतृत्वमा विधान संशोधन प्रस्ताव कार्यदल यस अघि नै गठन भएको थियो ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलकोे सांगठनिक प्रस्ताव पनि पारित गरेको छ । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

केन्द्रीय कमिटी बैठकले प्रस्तावहरु पारित गरेपछि विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ । विधान महाधिवेशनले विधान संशोधन पारित गरेपछि सोहीअनुसार पार्टीको १०औं महाधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्