Logo
Logo

जसपाबाट निष्कासित सांसदको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट निष्कासनमा परेका लुम्बिनी प्रदेशका तीन सांसदको पद गुमेको छ ।
सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनीहरुको पद गुमेको हो । जसपाले सांसद पदबाट कारवाही गरेपछि बिजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च पुगेका थिए ।

जसपाले कारवाही गरेपछि उनीहरुले पार्टी र प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध रिट दायर गर्दै अन्तरिम आदेशको माग गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको मागअनुसार सांसद पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ ।

जसपाभित्र अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा विवाद भएपछि यि सांसदले समेत पद गुमाउनु परेको हो । ठाकुर पक्षका यि सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि निर्वाचन आयोगबाट आधिकारिकता पाएको यादव पक्षले कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्