Logo
Logo

जसपा खारेजको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । जतना समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै परेको रिटमा सर्वोच्चले अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले जसपा खारेजनपर्ने आदेश दिएको हो ।

तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच मिलेर बनेको जसपा एकीकरण प्रक्रिया नमिलेको भन्दै तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्तिका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए ।

यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

गत वर्ष बैशाखमा तत्कालीन समाजवादी पार्टी र राजपा एक भई जसपा बनेको थियो । सत्ता समीकरणबा विषयमा पार्टी दुई खेमामा विभाजित भएपछि अहिले उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्