Logo
Logo

प्रशासनमा हस्तक्षेप, सचिव बढुवामा यसरी भयो चलखेल


दृष्टि संवाददाता

179.6k
Shares


काठमाडौं ।
आइतबार सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको एउटा बुँदामा भनिएको छ,‘निजामती प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी रुपमा सञ्चालन गर्ने ।’ तर आइतबार नै कार्यक्रमको धज्जी उडाउने काम भयो । सचिव बढुवाको सिफारिसमा नै नम्बर हेरफेर गरेर निजामती प्रशासनमा सरकारले हस्तक्षेप गरिएको छ ।


आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवातर्फ रिक्त रहेको सचिवको एक पदमा तीन जनाको सिफारिस भयो । सचिव बढुवामा सिफारिस भएकामध्ये जसलाई पनि सरकारले बढुवा गर्छ । तर, सामान्यतया एक नम्बरमा सिफारिस भएकालाई नै बढुवा गरिन्छ ।


त्यसैमा खेल भएको हो । वरिष्ठताका आधारमा कृषि मन्त्रालयकी सहसचिव निरु दाहाल पाण्डे अगाडी भएपनि वनका गोविन्द शर्मालाई पहिलो नम्बरमा सिफारिस गरियो । गृहमन्त्री बालकृष्ण खाणको दबाबमा यस्तो खेल भएको स्रोत बताउँछ । पाण्डेलाई दोस्रो तथा दीपक खराललाई तेस्रो नम्बरमा सिफारिस गरिएको छ । वनको पृष्ठभुमी भएका शर्मालाई कृषि मन्त्रालयको जिम्मेवारी दिन यसरी चलखेल भएको हो । यसप्रति कर्मचारीहरु रुष्ट बनेका छन्।

प्रतिक्रिया दिनुहोस्