Logo
Logo

रोशी गाउँपालिकाको विवाद अदालतमा


दृष्टि संवाददाता

37.5k
Shares

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले कानून मिचेर गाउँपालिकाको केन्द्र सार्ने सम्बन्धि निर्णय गरेको भन्दै स्थानीयहरु अदालत पुगेका छन् । गाउँपालिकाका अध्यक्ष डिबी लामाले आफ्नो जग्गा छेउमा गाउँपालिकाको केन्द्र सारेर प्रशासकीय भवन बनाउन लागेको स्थानीयको भनाई छ ।


सो निर्णयविरुद्ध स्थानीय लक्ष्मण न्यौपाने र दिपक कुमार गौतमले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । गाउँपालिकाकै वडा अध्यक्ष लगायतले यसमा विरोध गरेका छन् ।


हाल वडा नम्बर ७ मा पर्ने कटुञ्जेबजारमा गाउँपालिकाको केन्द्र रहेको छ । त्यसलाई सोही वडाको अमलटारमा स्थानान्तरण गर्न लागिएको छ । हाल राजमार्ग सँगै रहेकोमा राजमार्गबाट एक किलोमिटरको दुरीमा सार्न लागिएको छ । जून जनतालाई अपायक हुने भन्दै स्थानीयहरु असन्तुष्ट बनेका छन् ।


गाउँपालिकाका कार्यलय बनाउन कटुञ्जेमै स्थानीयले गाउँपालिकालाई जग्गा दिएका थिए । तर त्यसलाई व्यवस्था गरी आफ्नो जग्गा भएको छेउमा केन्द्र सार्न लागिएको स्थानीयको आरोप छ ।


यसरी केन्द्र सार्दा गाउँसभाबाट निर्णय हुनपर्नेमा कार्यपालिकाबाट मात्र निर्णय भएको छ । साथै प्रदेश हुँदै केन्द्रीय सरकारको समेत सहमति हुनुपर्नेमा एउटै वडा भित्र भन्दै माथिल्लो निकायमा जानकारी दिइएको छैन ।
उच्च अदालतमा कोरोनाका कारण समयमा सुनुवाई नभएकाले त्यसअघि नै हतार हतार अस्थायी संरचना बनाएर कार्यालय सार्न लागिएको स्रोत बताउँछ । हाल दान प्राप्त भएको जग्गा पनि अंश सम्बन्धि विवाद रहेको स्रोत बताउँछ । स्थानीय जग्गा धनीको स्वार्थमा केन्द्र सार्न लागिएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्