Logo
Logo

जनप्रिय सरकार ढाल्न गठबन्धन बनाइयो : ओली


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई अपवित्र गठबन्धन भएको टिप्पणी गरेका छन् ।

सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सत्तापक्षले लोकतन्त्रको नाम गरेर अलोकतान्त्रिक गठबन्धन निर्माण गरेको आरोप लगाएका हुन् ।

उनले यो लोकतान्त्रिक बाटोबाट आएको सरकार नभएको समेत टिप्पणी गर । उनले भने, ‘प्रतिक्रियावादी, प्रतिगामी, अलोकतान्त्रिक, गठबन्धनको मेलमिलाप भएको छ।’

उनले आफू नेतृत्वको जनप्रिय सरकारलाई ढाल्नको लागि गठबन्ध बनाएको पनि आरोप लगाए । उनले भने, ‘देशभक्त शक्तिविरुद्ध यो गठबन्धन बनेको हो, जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठबन्धन हो यो।’

बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको विश्वास नगरेर अपवित्र गठबन्धन गरेको उनको आरोप छ । उनले भने, ‘प्रणाली विकासमा होइन अपवित्र गठबन्धनको विकास भएको छ। त्यो गठबन्धनको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिका विरूद्व आक्रमण गर्नमा केन्द्रीत भएको छ। त्यस्तो गठबन्धन लोकतान्त्रिक गठबन्धन भनेर हिडेँका छन्।’

प्रतिक्रिया दिनुहोस्