Logo
Logo

मेस्सीलाई पीएसजी जान रोक्ने बार्सिलोनाकै प्रयास


दृष्टि संवाददाता

19.1k
Shares

एजेन्सी । बार्सिलोनाबाट भरखरै बाहिरिएका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई फ्रान्सेली क्लव पेरिस सेन्ट जर्माइन (पीएसजी) जानबाट रोक्ने प्रयास शुरू भएको छ ।

मेस्सी आइतबार मात्रै बार्सिलोनाबाट औपचारिक बिदाइ भएका थिए । मेस्सीलाई पीएसजी जानबाट बार्सिलोनाले नै प्रयास गरेको हो । डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ ।

अहिले मेस्सी पीएसजी भइसकेको बताइएको छ । फ्रेन्च मिडियाहरुको अनुसार मेस्सी मेडिकलका लागि मंगलबारसम्म पेरिस पुग्ने छन् । पीएसजीले मेसीलाई वार्षिक करिब ४० मिलियन डलर दिने प्रस्ताव गरेको बताइएको छ।

मेसीको पीएसजीमा औपचारिक घोषणा गर्न पेरिसको आइफल टावरसमेत बुक गरिसकिएको इस्पेन पत्रिकाले जनाएको छ ।
तर, पीएसजीसँग सम्झौताको नजिक पुगेका मेसीलाई रोक्न बार्सिलोनाले अहिले पनि प्रयास गरिरहेको डेलीमेलले जनाएको छ ।

आफूले ‘फाइनान्सियल फेयर प्ले’कै कारणले मेसीलाई गुमाएको बार्सिलोनाले आफ्नोभन्दा पीएसजीको अवस्था कमजोर रहेको दाबी पेस गरेको छ।

ल फर्मले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फुटबल क्लव बार्सिलोनाका साझेदारहरूको तर्फबाट मेरो ल फर्मले युरोपियन कमिसनमा एउटा उजुरी तयार गरेको छ, र मेस्सीलाई पीएसजीसँग हस्ताक्षर गराउनबाट रोक्न फ्रान्सका नागरिक र प्रशासकीय अदालतहरुबाट अस्थायी प्रतिबन्धको माग गरेको छ ।’

युरोपियन कमिसनको कोर्ट अफ अपिलमा पेस गरिएको उजुरीमा २०१९/२० मा पीएसजीले आफ्नो कमाइको ९९ प्रतिशत पारिश्रमिकमा खर्च गरेको तर बार्सिलोनाले केवल आफ्नो कमाइको ५४ प्रतिशत मात्र खर्च गरेको उल्लेख छ।

बार्सिलोनाले आफ्नो युइएफए युरोपेली च्याम्पियनसिप प्रतिद्वन्द्वी पीएसजीमा मेस्सीलाई पठाउन चाहँदैन । त्यसैले उसले यो सम्झौता रोक्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।

बार्सिलोनाले मेसी र पीएसजीको सम्झौता हुनुअघि नै यस विषयको निर्णय हुनुपर्ने माग राखेको छ । पीएसजीले मेसी, नेयमार र एम्बाप्पे जस्ता ग्लोबल सुपरस्टारलाई निरन्तरता दिन यूईएफए आफ्नो नियममा लचक हुने अपेक्षा राखेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्