Logo
Logo

एमाले विधान महाधिवेशनका लागि चार समिति ताेकिए


दृष्टि संवाददाता

3.2k
Shares

काठमाडाैं । नेकपा एमालेले भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनका लागि चार समिति बनाएकाे छ ।

केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समिति र समितिमा रहने सदस्यकाे नाम सार्वजनिक गरेकाे हाे ।

महासचिव पाेखरेलले राजनीतिक प्रतिवेदन मस्याैदा समिति, संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विधान संशोधन मस्यौदा समिति, व्यवस्थापन समिति रहेकाे जानकारी दिए ।

जसअनुसार राजनीतिक प्रतिवेदन मस्याैदा समितिकाे संयाेजकमा अध्यक्ष केपी शर्मा ओली ताेकिएका छन् भने संगठनात्मक प्रतिवेदनकाे संयाेजककाे जिम्मा ईश्वर पोखरेलले पाएका छन् । यस्तै, व्यवस्थापन समितिकाे संयाेजकमा रामबहादुर थापा ‘बादल’ र विधान संशोधन मस्यौदाकाे संयाेजकमा विष्णु पौडेल भएका छन् ।

मस्यौदा समितिका सदस्यहरू यस प्रकार छन् :

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल

सदस्यहरु

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३ः विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल

सदस्यहरु

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४ः व्यवस्थापन समिति
संयोजकः रामवहादुरथापा बादल

सदस्यहरु

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा

समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्