Logo
Logo

थप ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । नेपालमा सोमबार थप ३ हजार ६५१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ६०९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कुल १० हजार ४४५ पीसीआर र ६ हजार १४९ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३६ हजार २८८ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्