Logo
Logo

परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप लगाउन माग


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विद्यार्थी नेताहरुले आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिए ।

साथै विद्यार्थी संगठनले विश्वविद्यालय मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सम्पूर्ण परीक्षा केन्द्रहरुमा स्वास्थ्य मादपण्ड अपनाएर परीक्षा अगाडि बढाउन पुनः अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीलाई परीक्षामा सहभागी हुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्