Logo
Logo

खोप खरिदमा अनियमितता गर्नेलाई कारवाही गर्न निर्देशन


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्व तयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

सभापति जैरुले कोभिड संक्रमितहरुको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो भेरियन्ट आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको स्पष्ट पारिन् ।

बैठकमा स्वास्थ्य विभागका महानिर्देशक डा तारानाथ पोखरेल मुलुकका ९६ वटा पिसीआर केन्द्रबाट कूल जनसङ्ख्याको १३ दशमलव ५प्रतिशत जनताको कोरोना परीक्षण भएको जानकारी दिए।

आइसीयु कक्ष सङ्ख्या दुई हजार सयबाट बढाएर तीन हजार पुर्‍याइएको र ६ सय ३० थप प्रक्रियामा रहेको तथा भेन्टिलेटरको सङ्ख्या पनि एक हजार ८० पुर्‍याउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था छिटो गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्