Logo
Logo

न्यूनतम साझा कार्यक्रम गाली गलौजको पुलिन्दा : ओली


दृष्टि संवाददाता

2k
Shares

काठमाडाैं । गठबन्धन सरकारले आइतबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गाली गलौजको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले यसअघिको सरकारले केही काम नै नगरेको जसरी सार्वजनिक गरेको कार्यक्रम एमालेविरुद्धको गाली गलौज भएको टिप्पणी गरे ।

उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कसले भए भन्ने प्रश्न गर्दै उनले त्यसमा संलग्न गठबन्धनका नेताहरुलाई कार्बाही गर्न सक्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरे । 

प्रतिक्रिया दिनुहोस्