Logo
Logo

मन्त्रिपरिषद बैठकद्वारा कृषि सचिवमा शर्मा नियुक्त


दृष्टि संवाददाता

3.2k
Shares

काठमाडाैं । सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शर्मालाई बढुवा गर्न बढुवा समितिले साउन २४ गते मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।

‘नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा  समितिको २०७८ साउन २४को सिफारिस अनुसार राजपत्रांकित प्रथम श्रेणीका सहचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव कृषि पदमा पदस्थापना गरिएको छ’ कार्कीले भने।

शर्मा यसअघि कृषि विभागका महानिर्देशक थिए। कृषि सचिवमा रहेका डा. योगेन्द्रकुमार कार्कीले सेवा अवधि पूरा गरेर अवकाश पाएका थिए।

प्रतिक्रिया दिनुहोस्