Logo
Logo

एभरेष्ट प्रिमियर लिगकाे ट्रफी सार्वजनिक


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने इपीएलको सोमबार ट्रफी सार्वजनिक गरिएको हो ।

आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकको भनाई छ । ट्रफीका लागि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । य

स पटक काठमाडौं किंग्स ११ ले पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ । कोरोनाको महामारीमा पनि खेलकुदलाई उचाइमा पु¥याउन आफुहरु इपीएलसंग जोडिएको व्यवसायी शेखर गोल्छाले बताए ।

इपीएलमा चितवन टाइगर्सले पनि पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरेको छ । २०२० मै हुने भनिएको ईपीएलको चौथो संस्करण कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता प्राप्त ईपीएलमा विश्व क्रिकेटका नाम चलेका खेलाडी समेत सहभागीले आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्