Logo
Logo

एमालेमा अध्यक्षलाई शक्तिशाली बनाउने प्रयास


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडाैं । नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ । २३ वटा विषयमा संशोधन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्दै अध्यक्ष र केन्द्रीय सदस्यमात्रै महाधिवेशनबाट चुन्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको हो ।

संशोधित प्रस्तावको सार :

प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने उल्लेख छ । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ । अर्थात् अब महासचिव चयनको जिम्मा पनि कमिटी मातहत आएको छ ।

हाल अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

यस्तै स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ ।

नयाँ विधानअनुसार अब एमालेको स्थायी कमिटी ३५ सदस्यीय बन्नेछ भने ७ सदस्यीय सचिवालय बन्नेछ ।

त्यस्तै प्रदेश कमिटी र जिल्ला कमिटी र पालिका कमिटीको व्यवस्था गरेको र ती निकायको महाधिवेशन मितिसमेत तय गरेको छ ।

पार्टीका औपचारिक कार्यक्रममा पार्टीको झण्डा राख्ने समेत प्रस्ताव गरिएको छ भने सबै तहमा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने आदि प्रस्ताव अगाडि सारेको छ ।

बैठकले चार समिति, संयोजक र सदस्यको नाम समेत सार्वजनिक गरेको छ भने समितिले ल्याउने मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

सोमबार पेश भएको प्रस्तावमा १० दिन छलफल हुनेछ । छलफलपछि उठेका विषयलाई पुनः भदौ २७ र २८ मा बस्ने विधान महाधिवेशनमा प्रस्ताव पेस भएर पारित भएपछि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्