Logo
Logo

प्रदीप ज्ञवालीकाे टिप्पणी : देउवा सरकार ‘उम्रिँदैको खस्रो पात’


दृष्टि संवाददाता

4.9k
Shares

काठमाडाैं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अदालतको परमादेशबाट आएको देउवा सरकारलाई उम्रिँदैको खस्रो पातको संज्ञा दिएका छन् ।

सोमबार बसेको ११ औँ केन्द्रीय कमिटी बैठकपछि बोल्दै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अदालतको परमादेशबाट आएको देउवा सरकारले काम सुरू गरेदेखि नै खस्रा पात देखाएकाे र बनाउने भन्दा पनि भत्काउने यात्रामा लागेकाे टिप्पणी समेत गरे ।

ज्ञवालीले हरेक नागरिकलाई एउटा ओत व्यवस्था गर्न भूमि समस्या समाधान आयोग बनाइएको भएपनि सरकारले विघटन गरिदिएको उनकाे आरोप छ ।

उनले देउवा सरकारलाई अवसरवादी र दक्षिणपन्थी भएकाे समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्