Logo
Logo

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयासदेखि भूमि आयोग विघटनविरुद्ध अन्तरिम आदेशसम्म


दृष्टि संवाददाता

1.8k
Shares

हेडलाइन्स् :

१. नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १सय १५ पुग्यो, २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ५९४ परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमण हुनेको संख्या ७ लाख १७ हजार ४ सय ८६ पुग्यो, २४ घण्टामा थप १ हजार ७८४ जना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुग्यो, विभिन्न जिल्लामा संक्रमण बढेसँगै अस्पताल भरिन थाले, अधिकांश बिरामी काठमाडौं रिफर ।

२. मन्त्रिपरिषदद्वारा सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत, हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा (चौथो संशोधन) नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका आठ सचिवको सरुवा, मन्त्रिपरिषद निर्णयको सूचना सातामा एक पटक मात्र दिइने ।

३. नेकपा एमालेको विधान संशोधन समितिद्वारा अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव, महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव , प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुमा पनि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी सम्बन्धित निर्वाचित कमिटीले निर्वाचित गर्ने प्रस्ताव , पार्टी संरचनामा नयाँ व्यवस्था गर्नका लागि प्रस्ताव ।

४. अहिलेको सरकार अदालतको परमादेशबाट बन्दै गरेको सरकार भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी, सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा भएको टिप्पणी, पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार एमसीसी संशोधनसहित पास हुनुपर्ने भनाइ, अहिलेको सरकारले सबै भत्काउने काम मात्रै गरेको आरोप ।

५. निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको निष्कर्ष, प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने भनाइ, क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्नेमा जोड, पार्टी वैधानिकता जोगाउन वरिष्ठ नेता पौडेलले विशेष महाधिवेशनको प्रस्ताव अगाडि सारेपनि नियमित महाधिवेशनमै नेताहरूको जोड, पौडेल पक्षका जिल्ला सभापतिहरूको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असन्तुष्टि ।

६. जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जना केन्द्रीय कार्यकारिणी समितिबाट हटाइए, जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएसँगै नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक ठाकुर अध्यक्षबाट हटाइए, कार्यकारिणी समितिबाट हटाइएका १६ जनाको पार्टी साधारण सदस्यता कायमै, भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बस्ने ।

७. सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी, विघटित भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि बोलायो, अदालतले अन्तरिम अदोश सम्बन्धमा छलफलका लागि भदौ १ गते पेशी तोकी सरकार पक्षलाई पनि झिकाउन आदेश ।

८. नेप्से परिसूचक कारोबारको दोस्रो दिन पनि झिनो अंकले बढ्यो, हाइड्रोपावरमा उछाल आउँदा, १४ अर्बको करोबार, मैलुङ खोलाको आईपीओ भोलि बाँडफाँड हुने, साढे २० लाख भन्दा धेरैले शेयर नपाउने, नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने, नयाँ आर्थिक बर्ष लागेपछि बैंकबाट ६१ अर्ब निक्षेप घट्यो, एक सातामै ऋण १६ अर्ब बिस्तार ।

९. अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवादका विषयमा छानविन समितिले मंगलबार प्रारम्भिक वयान लिने, दक्षिण एसियाली फुटबल महासंघद्वारा साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने घोषणा, साँढे २ करोडमा इपीएलको मुख्य प्रायोजक बन्यो बजाज, इपीएलको विजेताले पाउने ट्रफी हिरा जडित हुने, पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नपाउने भन्दै बार्सिलोनाको वकिलद्वारा कोर्ट अपिल ।

१०.र, २०३० सम्म १ दशमलव ५ सेन्टिग्रेड तापक्रम बढ्ने, मानवले ठूलो संकटको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसंघको चेतावनी, कर्मचारी बलात्कारका आरोपी ‘अलिबाबा’का म्यानेजर बर्खास्त, अफगानिस्तानमा हिंसात्मक गतिविधि जारी राखेको तालिवानी विद्रोही समूहद्वारा युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको अपील अस्वीकार, भारतमा थप ३६ हजार संक्रमित, ४४७ संक्रमितको मृत्यु, ग्रीसमा पाँच दिनदेखि डढेलो निभेन ।

प्रतिक्रिया दिनुहोस्