Logo
Logo

मौसम पूर्वानुमानः देशभर भारी बर्षाको सम्भावना


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबार देखि केही दिन धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी धेरै भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्