काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) संसदमा सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदमा बोलेका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको हो ।
प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।