Logo
Logo

पूर्वमन्त्रीलाई दुई करोडको गाडी


दृष्टि संवाददाता

11.4k
Shares

काठमाडौं । झापाको गिरिबन्धु टि इस्टेटको हदबन्दीभन्दा धेरै जग्गा बिक्रि गर्न दिनेसम्बन्धि निर्णयमा आफ्नो कुनै भूमिका नभएको पूर्व मन्त्री पद्मा अर्यालले दाबी गरेकी छिन् । गत साता दृष्टि साप्ताहिकमा प्रकाशित यससम्बन्धि समाचारको खण्डन गर्दै उनले सामाजिक सञ्जालमार्फत त्यस्तो बताएकी हुन् ।

तर, सो काम गरेवापत उनले दुई वटा गाडी उपहार लिएको पाइएको छ । दुई वर्षअघि भूमी सम्बन्धि ऐन संशोधन गराउने क्रममा नै उनले करिब दुई करोड पर्ने कोरियन ब्रान्डको गाडी लिएकी थिइन् । बा १७ च २१०० नम्बरको सो गाडी उनका श्रीमान लक्ष्मी पौडेलले प्रयोग गर्दथे । त्यति महंगो गाडी कसरी आयो भनेर गृह जिल्ला स्याङजामा कार्यकर्ताले नै जिल्लामा प्रश्न उठाएपछि त्यसलाई बिक्री गरेर पछि स्कोरपियो गाडी खरिद गरिएको स्रोत बताउँछ । अहिले पूर्वमन्त्री अर्यालले चढेको कोरियन गाडी पनि उपहारबाटै प्राप्त भएको स्रोत बताउँछ ।

मन्त्री अर्याल भूमीव्यवस्था मन्त्री हुँदा नै हदबन्दीभन्दा धेरै जग्गा बिक्रि गर्न दिनगरी भूमी सम्बन्धि ऐनको संशोधन प्रक्रिया अघि बढाइएको थियो । नियमावली पनि उनकै कार्यकालमा बनेको थियो । जसमा कम्पनीहरु स्थानान्तरण गर्न दिदा सबै सर्त तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएर चलखेल गर्ने ठाउँ दिइएको थियो । उनीपछि मन्त्री भूमी व्यवस्था मन्त्री भएकी शिवमाया तुम्बाहाम्फेले त्यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन् । ओलीकै निर्देशनमा उनले सो प्रस्ताव अघि बढाएकी थिइन् । सोहीअनुसार असार २४ गते मन्त्रिपरिषद्ले बिर्तामोडको चिया बगान बिक्रि गरेर ग्रामिण क्षेत्रमा खोल्न अनुमति दिने निर्णय गरेको थियो । मन्त्री अर्यालले स्याङजाकै मुकुन्द शर्मामार्फत यससम्बन्धी ‘डिल’ गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्