Logo
Logo

जयसिंह धामी बेपत्ताबारे जानकारी गराउन सभामुखद्धारा रुलिङ


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । सभामुख अग्नि सापकोटाले तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी र त्यस घटनाबारे यथाशक्य छिटो जानकारी दिन सरकारलाई रुलिङ गरेका छन् ।

गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएपछि उनी नदीमा बेपत्ता भएको बताएका छन् ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरिसकेको छ । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले भनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्