Logo
Logo

गृहमन्त्री किन गएनन् प्रहरी हेडक्वार्टर ?


दृष्टि संवाददाता

688.2k
Shares

काठमाडौं । गृहमन्त्रीमा बालकृष्ण खाण नियुक्त भएको २९ दिन भएको छ । यति अवधिमा पनि उनी प्रहरी कार्यालयमा निरीक्षणमा समेत गएका छैनन् ।

सामान्यतया गृहमन्त्रालयका मन्त्री र सचिव एक सातामै दुवै प्रहरी कार्यालयको निरीक्षणमा गएर ब्रिफिङ लिने गरेका छन् । तर, मन्त्री खाणले ब्रिफिङमा चासो लिएका छैनन् । उनले यसमा चासो नलिएको गृह मन्त्रालय स्रोत बताउँछ । ब्रिफिङ नै नलिई उनी सशस्त्र प्रहरीको पासआउट कार्यक्रममा भने प्रमुख अतिथी बनेर पुगेका छन् ।

यसअघि रक्षा मन्त्रालय सम्हालेको अनुभव भएपनि गृहमा उनको पहिलो अनुभव हो । सफल रुपमा मन्त्रालयको नेतृत्व गर्नका लागि मन्त्रालय मातहतका कार्यालयले कसरी काम गर्छन् भन्ने विस्तृत बुझ्नुपर्ने हुन्छ । कतिपय विषयमा कार्यलयबाट भन्दा स्थलगत रुपमै ब्रिफिङ लिदा थप प्रष्ट हुने भएकाले यसरी प्रहरी कार्यालयमा गएर ब्रिफिङ लिने चलन छ । तर, यसमा मन्त्री खाणको चासो देखिएको छैन ।

‘मन्त्रीज्यूको ध्यान यसमा भन्दा प्रहरीको सरुवा बढुवामा छ,’ मन्त्रालयका एक उपसचिव भन्छन्,‘प्रहरीमा व्यापक हस्तक्षेपको तयारी छ भन्ने सुनिन्छ ।’ हाल सशस्त्र प्रहरीका सातै प्रदेशका बाहिनी सरुवाका लागि बार्गेनिङ चलिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्