Logo
Logo

उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । काठमाडौं उपत्यकाममा निषेधाज्ञा कडाइ गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै कडाइ गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार बिहीबारबाट लागू हुने उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न दिइने छ ।कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको उनले जानकारी दिए ।

यसअघि थपिएको निषेधाज्ञा भोलि बुधबार रातिदेखि सकिँदैथियो। कोरोना महामारी बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्