Logo
Logo

थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । नेपालमा सोमबार थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार १९४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कुल १३ हजार २१७ पीसीआर र ५ हजार ९०६ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३७ हजार ३३२ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्