Logo
Logo

ओलीको अभिव्यक्तिप्रति बाबुरामकाे टिप्पणी- जाे चोर उसैकाे ठूलाे स्वर


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधन ‘जो चोर उसकै ठूलो स्वर’ भएको टिप्पणी गरेका छन् ।

ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमका विषयमा चर्को विरोध गरेपछि भट्टराईले सामाजिक सञ्जाल प्रतिवाद गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले पटक पटक संविधानको उल्घन, संसदको हत्या, अध्यादेशको राज र भ्रष्टाचारको पहाडबारे कुनै क्षमायाचना गर्नुको सट्टा उल्टै ‘जो चोर उसकैको ठूलो स्वार’ भएको टिप्पणी गरे ।

‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’

प्रतिक्रिया दिनुहोस्