Logo
Logo

बाढीपहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । प्रधानमन्त्री शेर बहादुर देउवाले बाढी र पहिरोका कारण बिच्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गरि सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको बिपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौ बैठकमा प्रधानमन्त्री देउवाले बाढीका कारण पुलहरु बगाएको र सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको भन्दै तत्काल यान्त्रीक पुल बनाएर सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशन दिएका हुन् ।

त्यस्तै बाढी र पहिरोका कारण समस्यामा परेका सर्वसाधारणलाई आवास लगायत खाद्यान्नको उचित प्रवन्ध गर्न पनि निर्देशन प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

गोरखा, मनाङ, बाजुरा लगाएतका स्थानमा तत्काल खाधान्न, त्रिपाल, औषधी लगाएतका सामाग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा मनसुनयता प्राकृतिक प्रकोपबाट भएका क्षतिका बारेमा छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्