Logo
Logo

घुस लिने अधिकृतको नाम विभूषण सूचीबाट हटाइयो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , ३० चैत्र ।

घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो ।

करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ ।

लेनेदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौँ अधिकृतमध्ये उत्कृष्ट रहेको भन्दै गृह मन्त्रालयले उनलाई विभूषणका लागि छनोट गरेको थियो । आजको नयाँ पत्रिका दैनिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्