Logo
Logo

वित्तीय अनुशासनमा विचलनः अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्ने अर्थमन्त्रीको घोषणा


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभालाई देशको आर्थिक अवस्थाबारे जानकारी गराएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारका पालामा आर्थिक क्षेत्रमा देश कमजोर भएको निष्कर्ष निकाल्दै त्यसबारे प्रतिनिधिसभालाई जानकारी गराएको हो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराउँदै विगतको सरकारले गरेका कमीकमजोरी सच्याएर वर्तमान सरकार अघि बढ्ने बताए।

उनले सरकारको पहिलो कर्तव्य सबै नेपालीलाई कोभिडविरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउनु रहेको पनि बताए । जनताको स्वास्थ्य रक्षा गरी थप राहत र पुनस्र्थापनाका कार्यक्रम एवं नीतिगत सुधारका माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्नु वर्तमान सरकारको दायित्व र प्राथमिकता दुवै रहेको उनले जानकारी गराए ।

अर्थतन्त्रका समग्र परिसूचकमा सुधार ल्याएर जनताको गुमेको आशा र विश्वास पुनस्र्थापित गर्नुपर्ने उनले बताए । सरकारी साधन स्रोतमाथिको अनधिकृत दोहन रोक्ने, आर्थिक तथा वित्तीय अनुशासन कायम गरी सार्वजनिक खर्चलाई पुँजी निर्माण र सेवा प्रवाह सुधारमा केन्द्रित गर्ने तथा जनतामाथि पर्न गएको ऋणभार कम गराउँदै जान विशेष प्रयास गर्नुपर्ने अवस्था रहेको उनले औंल्याए ।

यसका अतिरिक्त तुलनात्मक लाभका क्षेत्रहरूमा बढी लक्षित रही त्यसमध्येका विद्युत् उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवर्धन गर्दै आयात निर्यातबीचको खाडल कम गर्नेतर्फ सरकारले जोड दिने उनले बताए । , यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्