Logo
Logo

प्रहरीमा प्रश्नपत्र चोरी प्रकरणः सइसहितका प्रहरी बर्खास्त हुने, एसपीमाथि समेत कारबाही हुने


दृष्टि संवाददाता

20.3k
Shares


काठमाडौं । नेपाल प्रहरीको प्रि स्याट परीक्षामा प्रश्नपत्र चोरी प्रकरणमा तीन प्रहरी बर्खास्त हुने भएका छन् । छानबिन समितिले तीन प्रहरीलाई बर्खास्त गर्न र एसपीसहितका अन्य प्रहरीलाई अन्य प्रकारका विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।


डिआइजी बसन्त कुमार लामा नेतृत्वको छानबिन समितिले बुधबार प्रहरी महानिरीक्षक बसन्त कुमार लामालाई प्रतिवेदन बुझाएको हो । समितिलृ सइ जनकबहादुर थापा, हवल्दार कुमार साह र कार्यालय सहयोगी सुरेश बमलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।


त्यस्तै अन्य एक दर्जन प्रहरीमाथि कारबाही सिफारिस भएको छ । यूएन शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाको मिलेमतो नभएपनि लापरबाही देखिएकाले उनलाई पनि कारबाही सिफारिस भएको छ । उनकै घर्राको साँचो चोरेर कार्यालय सहयोगी बमले प्रश्नपत्र चोरी गरेका थिए । जून प्रश्नपत्र हवल्दार शाहले अन्य प्रहरीलाई बिक्रि गरेका थिए । जसमा डिएसपी रुपेश खड्का लगायत छन् ।

चोरीएकै प्रश्नपत्रका आधारमा कतिपयले परीक्षा दिएको पुष्टि भएकाले परीक्षा रद्द हुने भएको छ । गत १५ र १६ साउनमा प्रि स्याट परीक्षा भएको थियो । जसमा करिब २५ सय प्रहरी सहभागी भएका थिए । करिब ३० जनाले चोरी गरेको प्रश्नपत्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्