Logo
Logo

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध रिटमाथि आज सुनुवाइ हुँदै


दृष्टि संवाददाता

441
Shares


काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुँदैछ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरिले दायर गरेको रिट निवेदन न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ ।

प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुने भएको छ ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गत वैशाखमा गठन भएको जिकिर गर्दै प्रदेशसभा सदस्य गिरिले अविश्वास प्रस्ताव ल्याउन नमिल्ने दाबी गर्दै रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्