Logo
Logo

आफूनिकट नेताहरुसँग महाधिवेशनबारे देउवाको छलफल


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार आफू निकटका नेताहरुलाई छलफलका लागि बुढानीलकण्ठ बोलाएका छन् । बैठकमा देउवाले १४औँ महाधिवेशन सार्नेबारे छलफल गरेका छन् ।

देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी बैठकमा १६ भदौमा महाधिवेशन उद्घाटन हुने अवस्था नरहेकाले विकल्पबारे सुझाव दिन उनले आग्रह गरेका छन् । यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २३ भदौभित्रै महाधिवेशन गर्नुपर्ने माग राखेका थिए ।

त्यससँगै सभापति देउवाले आफू निकटका नेतालाई रणनीति बनाउन छलफल थालेका हुन् । साथै, क्रियाशील सदस्यता विवाद टुंगो लगाउन जिम्मेवारी पाएका शीर्ष नेताहरूको बैठक पनि आजै बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्