Logo
Logo

सुनचाँदीको मूल्य घट्यो


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ। मंगलबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीे बुधबार तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी ११ सय ९० रुपैयाँ प्रतितोलामा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्