Logo
Logo

लुम्बिनी प्रदेश सभा बैठक सकियो


दृष्टि संवाददाता

1.5k
Shares

बुटवल । लुम्बिनीको प्रदेश सभा बैठक सकिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा स्वीकृत भएको पत्र वाचन गर्दै सभामुख पूर्णबहादुर घर्तीले बैठक अन्त्य गरेका हुन् ।

बैठक सञ्चालन गर्दै सभामुखले भनेका थिए– ‘लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेलप्रति प्रदेश सभाको विश्वास छैन भनी प्रस्तुत अविश्वासको प्रस्तावको प्रक्रिया चालु भइरहेको समयमा मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको व्यहोरासहित प्रदेश प्रमुखबाट जानकारी प्राप्त हुन आएको छ ।’

यसअघि मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमाथिको जवाफ दिनका लागि बैठक बसेको थियो । बैठकमा वीरेन्द्र कनौडियाले प्रस्तुत गरेको अविश्वास प्रस्तावमाथि छलफल भएको थियो।

छलफलपछि मुख्यमन्त्रीलाई जवाफ दिनका लागि एक घण्टाको लागि बैठक स्थगित गरिएको थियो । पहिलो बैठक सञ्चालन हुनुअघि नै पोखरेलले राजीनामा दिइसकेका भए पनि सो सम्बन्धी प्रदेश प्रमुखको पत्र प्रदेश सभालाई नआएकाले अविश्वास प्रस्तावमाथि प्रक्रिया अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्